आदर्श क्लवको रक्तदानमा ७४ युनिट रगत संकलन
पाेखरा | मंसिर १४, २०८०
रक्तदान जीवनदान भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ ।
क्लवका अध्यक्ष पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै समाजमा सकारात्मक सन्देश दिने गरी मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदान कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए ।
क्लवको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग, भण्डारढिक टोल विकास संस्था,जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरु लगायतले रक्तदानको महत्ववारे बोलेका थिए ।
रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङ्गले गरेका थिए । र
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

